जीबी राई समूहद्धारा नेपालगन्जमा पनि डेढ करोड ठगी, पक्राउ पुर्जी जारी

नेपालगन्ज । १९ हजार बचतकर्ताको अर्बौ रकम अपचलन गर्ने ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले नेपालगन्जमा समानता बचत सहकारी लिमिटेड खोलेर डेढ करोड रकम फिर्ता नगरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सहकारीमा जम्मा भएको करिब डेढ करोड फिर्ता नपाएको भन्दै ३० बचतकर्ताले उजुरी दिएका छन् ।

Advertisement

सोही उजुरीका आधारमा प्रहरीले तीन महिनाअघि सञ्चालक जीबीसहित ९ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायण डाँगीले भने, ‘सञ्चालक र प्रबन्धकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ, थप सूचना जारी गरेर अरू बचतकर्ताबाट पनि उजुरी मागिएको छ ।’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु