समाजवादी मोर्चाको बैठकमा चार एजेन्डामाथि छलफल

 

काठमाडौँ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकमा चार एजेन्डामाथि छलफल सुरु भएको छ ।

Advertisement

बैठकमा मोर्चामा सम्बद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेता सहभागी थिए । आजको बैठकमा प्रचण्ड, माधव नेपाल, नेत्रविक्रम चन्द (विप्लव) र खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) धारणा राखेका थिए ।

प्रकाण्डका अनुसार बैठकमा समाजवादी मोर्चाले अहिलेसम्म गरेका काम कारबाहीको समीक्षा, मोर्चाको आगामी कार्यक्रम, नेतृत्व परिवर्तनका साथै देशको समसामयिक राजनीतिलाई एजेन्डा बनाइएको छ ।

यस्तै नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डमाथि काठमाडौँ जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी पनि छलफलको विषय बनेको छ । आजको छलफलमा आफूहरु विरुद्धको पक्राउ पुर्जीका विरुद्धमा समाजवादी मोर्चाले विज्ञप्ति जारी गरेकोमा विप्लव र प्रकाण्डले धन्यवाद दिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु