प्यूठान — प्यूठानको बाग्दुलाबाट भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको माइक्रो बस सरुमारानी गाउँपालिकाको बड्डाडानजिकै दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार नमस्ते दाङ यातायात प्रालिको गाडी दुर्घटनामा परेको हो । घाइतेहरूको भालुबाङमा उपचार हुँदै छ ।









