परालको टौवामा आगलागी

बर्दिया/ बासगढी नगरपालिका-५ हाउपुर चोक बस्ने टेक बहादुर डाङ्गीको घर नजिकै रहेको परालको टौवामा बुधबार राति आगलागी भई उक्त आगो फैलिएर सँगै रहेको गोठमा समेत आगलागी हुँदा गोठ र पराल पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु