बाँके निकुन्जको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

 

नेपालगन्ज — बाँके निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले मध्यवर्ती क्षेत्रमा पर्ने सोनारी गाउँपालिका–२ स्थित खैरीखोला सुरक्षा पोष्ट नजिकै बम फेला परेको छ ।

Advertisement

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनवाण गणले जनाएको छ ।

सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु