दुर्घटनामा एकको मृत्यु

काठमाडौं । गएराति साढे १२ बजे बाजुराको गौमुल गाउँपालिका-६ घटमुनामा से १ ज ९८९ नम्बरको बोलेरो जिप सडकबाट ६०/७० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्र नाथ छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

Advertisement

जिपमा दुई जना मात्रै सवार थिए। दुर्घटनामा परी जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन्।

उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर ऐरीले जानकारी दिए।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु