कोरिया जान आन्दोलन: गयो दुई युवाको ज्यान

 

नेपालगन्ज । कोरिया जान पाउने माग गर्दै आन्दोलनमा उत्रिएका युबाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेपछि प्रहरिले चलाएको गोलि लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको छ ।

Advertisement

मन्त्रीको गाडीमा आगजनी भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर, ललितपुरले थप टोली परिचालन गर्‍यो । भीडले अरु गाडीमा तोडफोड गर्न थालेपछि तनाव बढ्यो, प्रहरीले अश्रुग्यास हान्यो ।

प्रदर्शनकारीले ३ घन्टासम्म उछृंखल गतिविधि गरेपछि हवाइ फायर गर्नु परेको ललितपुरका एसपी नवराज कार्कीको दाबी छ ।

प्रदर्शनकारीहरुका अनुसार झडपका क्रममा उनलाई प्रहरीले बन्दुकको कुन्जले हानेका थिए । बेहोस भएका उनलाई तत्काल किस्ट अस्पताल लगिएको थियो, तर उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अछामका वीरेन्द्रको भने पेटको तल्लो भागमा गोली लागेको छ । अत्यधिक रत्तश्राव भएका उनलाई पाटन अस्पताल ललिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु