
बर्दिया / बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ र ८ लाई जोड्ने बुढी खोलामा सिग्नेचर ब्रिज निर्माणका लागि काम आगाडी बढाइएको छ । उक्त पुल निर्माण गर्नका लागि अहिले डिपिआरको काम भैरहेको छ ।
Advertisement
डिपिआरका लागि फिल्ड भिजित गर्ने क्रममा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्रि धर्म बहादुर चौधरीले भने, यो लुम्बिनी प्रदेशको पहिलो सिग्नेचर ब्रिज हो । पुुल निर्माण सम्पन्न भएपछि पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने उनले बताए । फिल्ड भिजितका क्रममा स्थानीय तथा प्रबिधिकसंग मन्त्रि चौधरीले भने, राजापुरमा भारतसंगको एकमात्र सिमा नाका कर्तनिया भान्सार नाका हो, यो पुल निर्माण पश्चात उक्त भन्सार नाका हुदै भारतीय पर्यटक भित्रियाउन टेवा पुग्ने उनले बताए ।

स्थानीयहरुलाई मन्त्रि चौधरीले राजापुरमा लुम्बिनी प्रदेश सरकारको बिकास योजनाको बारेमा जानकारी गराउदै भने, राजापुर क्षेत्र बर्दियाको सबै भन्दा पुरानो व्यपारिक ठाउँ हो । यहाँ बर्दियाको सबै भन्दा पुरानो राजापुर भन्सार छ । अहिले राजापुर बिकासको लागि प्रदेश सरकारबाट करोडौंको योजना बिनियोजन भैसकेको छ । राजापुर समृद्ध हुने बित्तिकै यहाँ पर्यटन गतिबिधि बढ्छ । यसले मानसारोबरसम्मको यात्रालाई सहज बनाउने उनले बताए ।

बुढी खोलामा सिग्नेचर पुल निर्माण भैसकेपछि कर्तनिया भन्सार सडक अन्र्तगत पर्ने राजापुर नगरपालिका वडा नम्बर ७ छोट्की भिम्भापुर र वडा नम्बर ८ लाउरे टोललाई प्रताक्ष्य जोड्ने छ । पुल निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरिसकेको छ । भौतिक पुर्वाधार बिकास कार्यालय बर्दियाका इन्जिनियर दिपेन्द्र सिंह मालको टीमले डिपिआरको काम गरिरहेको छ ।
प्रबिधिक टोलीले एक महिना भित्रमा डिपिआरको रिपोर्ट आउने जनाएका छन् । डिपिआर रिपोर्ट पश्चात पुल निर्माणको लागि ठेक्का आबहान हुने बताइएको छ । पुल निर्माणका लागि फिल्ड भिजितमा राजापुर नगरपालिका ७ का वडा अध्यक्ष रामु थारु, गाउँका बरघर, अगुवा लगायत् स्थानीयहरुको सहभागिता रहेको थियो ।










