बिबिसि । ‘नागरिक अभिनन्दन’ लिन पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला लुम्बिनी प्रदेशको रूपन्देहीमा छन्।
पुस १९ गते आफूलाई गरिने नागरिक अभिनन्दनका लागि शाह दम्पती आइतवार त्यहाँ गएका हुन्।
Advertisement
नागरिक अभिनन्दन समारोह मूल समितिका संयोजक रामप्रसाद बस्यालका अनुसार शाह शनिवार पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न कपिलवस्तु जाँदै छन्।
त्यस्तै पुस १७ गते पश्चिम नवलपरासी जाने कार्यक्रम छ। यसबीचमा उनले विभिन्न मन्दिरहरूको दर्शन गरिरहेको र गर्ने संयोजक बस्यालले जानकारी दिए।
नेकपा एमालेका स्थानीय नेता बस्याल संयोजक बनेपछि पार्टीबाट निकालिएका छन्। उनी गत स्थानीय चुनावमा सिद्धार्थनगर नगरपालिकाको प्रमुखको उम्मेदवार थिए।
हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको निम्ति बेला बखत प्रदर्शन हुने गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि फागुनबाट आन्दोलन गर्ने घोषणा गरेको छ ।
कांग्रेसका एक नेताले त चैतसम्ममा संविधान खारेज हुन सक्ने सूचना आफूले पाएको बताएका छन्।
संयोजक बस्याल भन्छन्, “जसरी यो संविधान आयो, त्यसै गरी जान्छ। हिन्दूराष्ट्र, अभिभावकको रूपमा राजसंस्थाको निम्ति हामी प्रयासमा लागेका छौँ।”
त्यसैले राजसंस्था पुनर्स्थापनाको सम्भावना देख्नेहरू निकै कम छन्।
राजा छँदा ज्ञानेन्द्र शाहको ‘निरङ्कुश कदम’ र त्यसले दिएको अलोकप्रियताका साथै छोरा पारसको छविका कारण पुनर्स्थापनाको सम्भावना झनै नभएको तर्क पनि गरेको सुनिन्छ।
तर संयोजक बस्यालले भने, “राजसंस्था अभिभावकको
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि त्यो सम्भावना औँल्याएका थिए।
त्यस बेला शाहले त्यस्तो प्रस्ताव अस्वीकार गरेको बताउने गरिन्छ।
बस्यालका भनाइमा पूर्वराजा शाह नातिलाई राजा बनाउन तयार छन्।
आफूहरूबीच भेटघाट भइरहने बताउने बस्यालसँगकै कुराकानीमा के शाहले त्यसबारे मुखै खोलेका हुन्?
“हैन, मुखै खोल्नुपर्दैन नि, आशयले नै बुझिन्छ। बादल लाग्यो भने पानी पर्छ भन्ने आभास हुन्छ,” संयोजक बस्याल भन्छन्, “सबै कुरा खोल्न त कहाँ मिल्छ र? कतिपय कुराहरू बुझ्नुपर्छ।”
शाहका छोरा पारस भने राजा बन्ने अवसर आउँदा पनि बन्न नचाहने उनले बताए।
विकल्पबारे पूर्वराजाको तर्फबाट दलहरूसमक्ष प्रस्ताव पनि गइसकेकोबारे संयोजक बस्याललाई कुनै जानकारी छ?
उनले त्यसबारे दलहरू तयार भएको खण्डमा गोलमेच सम्मेलन वा त्यस्ता कुनै बैठकहरूले निधो गर्ने विषय बन्ने बताए।
राजसंस्थाका कतिपय पक्षपातीहरूले यसअघि पनि हृदयेन्द्र शाहलाई राजाको रूपमा अघि सार्न सकिने बताउने गरेको पाइन्छ।
तर पूर्वराजा शाह निकटस्थहरूले यसबारे कुनै सङ्केत दिएको पाइँदैन।








