सुत्केरी बिदा बढाउने सरकारको प्रस्ताव: आमालाई ६ महिना, बाबुलाई ४२ दिन पाइने

काठमाडौँ । सरकारले सुत्केरी बिदाको अवधिमा व्यापक वृद्धि गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयक तयार पार्दै यो प्रस्ताव अघि सारेको हो।

प्रस्तावित नयाँ व्यवस्था:

Advertisement

आमाका लागि (प्रसूति बिदा): हाल कायम ९० दिनको बिदालाई बढाएर कम्तीमा ६ महिना (पूर्ण तलबसहित) पुर्‍याउने प्रस्ताव।

बाबुका लागि (प्रसूति स्याहार बिदा): हाल कायम १५ दिनको बिदालाई बढाएर ४२ दिन (पूर्ण तलबसहित) पुर्‍याउने प्रस्ताव।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमका अनुसार यो विधेयकलाई मन्त्रिपरिषद्‌बाट स्वीकृत गराई शीघ्र संसद्‌मा पेस गर्ने तयारी भइरहेको छ।

बिदा बढाउनुको मुख्य कारण:

साझा जिम्मेवारी: बच्चा जन्माउने प्रक्रिया प्राकृतिक रूपमा आमासँग जोडिए पनि शिशुको स्याहार र संरक्षण आमा र बाबु दुवैको साझा दायित्व हो।

बदलिँदो जीवनशैली: व्यस्त दिनचर्या र कार्यचापका कारण हाल अधिकांश दम्पती एक वा दुई सन्तानमा सीमित भइरहेका छन्।

राज्यको दायित्व: जीवनमा एक या दुई पटक आउने मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको कर्तव्य मानिएको छ।

मन्त्री गौतमले यो संशोधनलाई सुरक्षित मातृत्व र अभिभावकत्वको क्षेत्रमा एक महत्त्वपूर्ण नीतिगत परिवर्तनका रूपमा व्याख्या गरेकी छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु