बुटवल — शुक्रवार दिउँसोदेखि हराईरहेकी रुपन्देहीको मर्चवारी–१, इस्लामपुरकी सात वर्षीया नन्दनी कुर्मीको हत्या गरी फालेको अवस्थामा शनिवार शब फेला परेको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालयका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटना शंकास्पद भएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक भट्टले बताए ।









