दाङको कोइलाखानीको सुरुङभित्र एक पुरुष मृत फेला

 

१४ पुस, दाङ । दाङको बंगलाचुली गाउँपालिका– ४ स्थित गदारीमा रहेको कोइला खानीको सुरुङभित्र घोराही उपमहानगरपालिका – ६ अघराका ४५ शिवराज केसी मृत फेला परेका छन् ।

Advertisement

पुस ८ गते घरदेखि घोराही बजार जान भनेर निस्किएका उनी पाँच दिनदेखि सम्पर्कविहीन थिए । शुक्रबार उनी मृत फेला परेको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

मृतकको शरीरमा चोटपटक देखिएकाले हत्या गरी सुरुङभित्र शव लुकाइएको हुनसक्ने उनले बताए । यद्यपि अनुसन्धान जारी रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु