नेपालगन्ज । बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको
Advertisement
भे१ख २०४१ नम्बरको बस अमेलिया-तुलसिपुर सडकखण्डको दमारगाउँमा आज बिहान ७ बजेतिर दुर्घटनामा परेको छ।
दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइतेहरू बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका-३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए ।









