दांग । दाङको तुलसीपुरमा भएको यात्रुबाहक बस दुर्घटनामा बर्दिया बढैयाताल गाउँपालिकाका ३० जना घाइते भएका छन्।
Advertisement
बर्दियाको बढैयायाताल गाउँपालिका-६ मैनापोखरबाट पिकनिकको लागि दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान तुलसीपुर-१३ दमारगाउँ नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा ३० जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले बताए। देवकोटाका अनुसार, घाइतेमध्ये केहीलाई नेपालगञ्ज र केही तुलसीपुर लगिएको छ।
बसको ब्रेक फेल हुँदा दुर्घटना भएको ट्राफिक प्रमुख देवकोटाले बताए।









