नेपालगञ्जका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्दै

रासस/नेपालगञ्ज । शेयर बजार (बुल) उकालो लाग्ने सम्भावना देखिएपछि मोफसलमा रहेका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्न थालेको छ । ब्रोकर खाता र डिम्याट खाता खोल्न, शेयर कारोबार गर्न र शेयरका विभिन्न विषयमा जानकारी लिन उनीहरूको भीड बढेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि (४५) नं ब्रोकर कार्यालयले जनाएको छ ।

विभिन्न कलेजमा अध्ययन गर्ने बाँके जिल्ला व्यवस्थापन सङ्कायका विद्यार्थी, गृहिणी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, व्यवसायी तथा व्यापारीको शेयर बजारप्रति आकर्षण बढ्न थालेको हो । “अहिले पछिल्लो समय भीडभाड बढ्दै जान थालेको छ”, उक्त कार्यालयका प्रमुख उदय अधिकारीले भने ।

Advertisement

उनले शेयर बजारमा लगानी गर्न कतिपय लगानीकर्ताले शेयर कर्जा लिएर लगानी गरेको उल्लेख गर्दै विगतमा रु एक करोड ४५ लाख कारोबार भएको ब्रोकर कार्यालयमा रु पाँच करोडको हाराहारीमा शेयर कारोबार भइसकेको बताए ।
बुलिस टाइममा प्राथमिक बजार (आइपिओ) निष्काशन हुँदा त्यसले बजारमा सकारात्मक प्रभाव पार्ने तर्क गर्दै प्रमुख अधिकारीले विगतमा आइपिओले बजारलाई प्रभावित गरेको टीप्पणी गरे ।

Shivam Cement
अहिले पनि प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेण्डरी) बजारमा पनि नयाँ लगानीकर्ता प्रवेश गर्न थालेका छन् । यस क्षेत्रको सो ब्रोकर कार्यालयमा शेयर बजारमा लगानी गर्न बाँकेबाहेक, बर्दिया, सुर्खेत, जाजरकोट, रोल्पा, रुुकुम, हुम्ला, जुम्ला, सल्यानलगायत जिल्लाबाट लगानीकर्ता नेपालगञ्ज आउने गरेका छन् ।
नेपालगञ्जका पुराना लगानीकर्ता विकास भट्टराईले बजार बुलिस हुने सम्भावना बलियो भएकाले ब्रोकर कार्यालयमा चहलपहल बढन थालेको उल्लेख गर्दै लगानीकर्तालाई बलियो कम्पनीमा लगानी गर्न आग्रह गरे । उनले शेयर बजारमा ट्रेड गर्ने ट्रेडरले प्राविधिक पक्ष हेरेर मात्रै छोटो अवधिका लागि लगानी गर्ने र त्यसबाट नाफा लिने जानकारी दिँदै बजारका लागि सबै माहोल सकारात्मक बनेको बताए ।

भरोसा म्यानेजमेन्ट कन्सल्टेसीका प्रमोटरसमेत रहेका भट्टराईले शेयर बजार जोखिमको क्षेत्र भएकाले स्वअध्ययन गरेर मात्रै बलियो कम्पनीमा लगानी गर्नुपर्ने जानकारी दिए । लगानीकर्ता पारस तिमिल्सिनाले बजारमा अहिले पनि पर्ख र हेरको नीति भएको औँल्याउँदै सानो आकारमा लगानी बढाइएको बताए । करिब ३५ हजार शेयर कारोबार गर्ने लगानीकर्ता भएको एम्पेरियलमा २७ हजार सक्रिय शेयर कारोबार भएको बताइएको छ । यसबाहेक कालिका सेक्युरिटिज प्रालिले

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु