नेम्वाङका छोराहरू नेपाल आइपुगेपछि पार्थिव शरीर घर लगियो

 

२७ भदौ, काठमाडौँ । छोराहरु पनि नेपाल आइपुगेकपछि संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।

Advertisement

नेम्वाङका जेठा छोरा सपरिवार बेलायतमा बसोबार गर्दै आएका थिए भने कान्छा छोरा अष्ट्रेलिया भ्रमणमा गएका थिए । नेम्वाङका दुई छोरा र दुई छोरी छन् । छोरीहरू भने काठमाडौंमा नेम्वाङसँगै थिए ।

 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिनभरि र बुधबार विहान ९ देखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको नेम्वाङको शव बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको हो ।

निवासमा पारिवारिक तथा धार्मिक संस्कार अनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु