नेपालगन्जमा कारको ठक्करबाट दुईजनाको मृत्यु

 

 

Advertisement

नेपालगन्ज — नेपालगन्ज्बाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१च ३४६३ नं को कारले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेट्रोलपम्प नजिकै गए राति ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपालगन्ज–१३ का २४ वर्षीया आस्था शाहको र अर्का मृतक पुरुषको भने पहिचान खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दुवै जनाको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त घटनामा नेपालगन्ज–१३ की सहाना शाह घाइते भएकी छिन् । उनको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कारका दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु