१६ पुस, काठमाडौं । रुस–युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको छ । उनको मृत्युको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिएका छन् । ‘उनले आजै परराष्ट्र मन्त्रालयबाट उनको मृत्यु भएको जानकारी दिन फोन आएको जनाए ।
वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।









