१८ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को पहिलो महाधिवेशन यही पुसस २६, २७ र २८ गते टीकापुरमा पार्टीको प्रथम महाधिवेशन हुन लागेको छ । महाधिवेशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमार्फत् दघाटन गराउने र राजनीतिक दलका शीर्ष नेताहरुसँगै भारतीय जनता पार्टी (भाजपा) का नेतालाई समेत सहभागी गराउने बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नाउपाका संरक्षक रेशम चौधरीले बताए ।
महाधिवेशनमा देशका ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरु सहभागी हुने छन् । ती प्रतिनिधिहरुले ३९ जना पदाधिकारी र २४१ जना केन्द्रीय सदस्य चयन गर्ने चौधरीले बताए ।








