नेपालगन्जको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा झर्‍यो

नेपालगन्जको तापक्रम ७.८ डिग्री, चिसोले जनजीवन प्रभावित

नेपालगन्ज । बुधबार बिहान नेपालगन्जको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुगेको छ । जसका कारण नेपालगन्जमा अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

Advertisement

जल तथा मौसम कार्यालय नेपालगन्जका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार यसअघि मङ्गलबार नेपालगन्जको तापक्रम झनै घटेको थियो । मङ्गलबार बिहान नेपालगन्जको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस थियो ।

नेपालगन्जमा राम्ररी घाम लाग्न पाएको छैन । दिउँसो केही छिन मात्र घाम देखिन्छ भने कुनै कुनै दिन दिनभरि नै हुस्सु र कुहिरोले ढाक्ने गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु