भेरी अस्पताल नेपालगन्जमा १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप

 

नेपालगन्ज — सरकारले १४ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेपछि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पनि बुधबार खोप दिन सुरु गरेको छ ।

Advertisement

भेरी अस्पताल प्रशासनका अनुसार बुधबार दिउँसो ४ बजेसम्म र बिहिबार पनि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोपको डेमोस्ट्रेसन सुरु गरिएको हो । भेरी अस्पतालमा धेरै खोप नभएका कारण सार्वजनिक सूचना जारी नगरिएको चिकित्सकले जनाएका छन् । खोपका लागि जन्म दर्ता अनिवार्य गरिएको छ ।

बुधबार अस्पतालमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले खोपको डेमोस्ट्रेसन सुरु गरेका हुन् । भेरी अस्पतालसँगै डडेल्धुरा अस्पताल, प्रादेशिक अस्पताल सुर्खेत र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आजैदेखि शुभारम्भ हुने र कोशी अस्पताल एवं नारायणी अस्पतालबाट यही भदौ २८ र २९ हुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जानकारी गराएको छ । सरकारले १४ वर्ष पुगेका र १५ वर्ष ननाघेका किशोरीहरूलाई यो खोप दिन लागेको हो ।

 

यो खोप विश्व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेको खोप हो । खोप लगाउन जानका लागि जन्ममिति खुल्ने कागजात आवश्यकता पर्दछ । यो खोप ६ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्छ । अहिले पहिलो डोज लगाएका किशोरीले ठिक ६ महिनापछि खोप लगाएकै अस्पतालमा अर्को डोज लगाउन जानु पर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु