सुदुरपश्चिम प्रदेशका मन्त्री धामीद्धारा नेपालगन्ज भन्सारको निरीक्षण

नेपालगन्ज । नेपालगन्ज भन्सारको राजस्व सङ्कलन र आयात निर्यातको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगन्ज जमुनाहा नाका र भन्सार कार्यालयका अधिकारीहरुसंग छलफल गरेका छन् ।

नेपालगन्ज भन्सारमा हुने राजस्व सङ्कलन र आयात निर्यातको सकारात्मक पक्ष धनगढी नाकामा लागु गर्न स्थलगत निरिक्षण गरी भन्सारका अधिकारीहरुस.ग छलफल गरेको मन्त्री धामीले बताए ।

Advertisement

उनले नेपालगन्ज र धनगढी नाका करिबकरिव एकै प्रकारको रहेका जनाए । नेपालगन्ज भन्सार कार्यालयका निमित्त नवराज पन्तले मन्त्री धामीलाई भन्सार कार्यालयको गतिविधिसँगै राजस्व सङ्कलनको अवस्थाबारे सो अवसरमा जानकारी गराएका छन् ।
रमा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले नाकामा कडाइ आवश्यक रहेको माग गर्दै जडीबुटीको निकासीमा भारत सरकारले लगाएका विभिन्न जटिल अवरोधहरू हटाउन सकिए निकासी धेरै बढ्न सक्ने सुझाव दिए ।

मन्त्री धामीले नेपालगन्जका प्लाइउड उद्योगको पनि निरीक्षण गर्नुका साथै होटल व्यवसायी र अन्य पर्यटन व्यवसायीसँग पनि छलफल गर्नुभयो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु