थन्किए कोरोनाकालमा अनुदानमा पाएका उपकरण

रासस/काठमाडौँ — कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोगमा आएका छैनन् । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले कोरोना भाइरसका बिरामी नभएकाले ती स्वास्थ्यका उपकरण थन्किएको बताए ।

‘अहिले कोरोना भाइरसको स्क्रमण छैन । त्यतिबेला दातृ निकायले नेपालका लागि कोरोना भाइरसको रोकथाम र उपचारका लागि स्वास्थ्यका उपकरण दिएका थिए,’ उनले भने, ‘अहिले बिरामी छैनन् । ती उपकरण त्यत्तिकै थन्किएका छन् ।’

Advertisement

उनका अनुसार कोरोना महामारीका बेला कतिपय उपकरणले दातृ निकायले माग नै नगरिकन उपलब्ध गराएका थिए । महाशाखाको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार दुई सय १८ वटा स्वास्थ्य उपकरण प्रयोगविहीन बनेका छन् ।

अनुदानमा प्राप्त ९१ भेन्टिलेटर, ४६ वटा पोर्टेबल भेन्टिलेटर, १३ सघन उपचार कक्ष (आइसियु), ५७ वटा न्यूटल टु एडल्ट भेन्टिलेटर र ११ वटा एनेशथेसिया वर्कस्टेशन प्रयोग नै नभई थन्किएका छन् ।

कोरोना महामारीका बेला विभिन्न दातृ निकायले एक हजार चार सय ४५ स्वास्थ्यका उपकरण उपलब्ध गराएका थिए । महाशाखाका निर्देशक डा. शर्माले कोरोनाका बेला ती उपकरणको अत्यधिक माग रहेको र अहिले ती उपकरण भौतिक संरचनाको अभावले जडान नगरिएको बताए।

प्रयोग नै नभई थन्किएका उपकरणलाई अयन्त्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु