बाँकेमा १३ वर्षदेखि हात्तीपाइले रोगविरुद्धको अभियान असफल बन्दै, कोहलपुरमा फेरी सर्भे सुरु

 

नेपालगन्ज । हात्तीपाइले रोग निवारणका लागि बाँकेमा इपिडिमियोलोजिकल मोनिटरिङले बाँकेको कोहलपुर नगरपालिकाबाट सर्भेको काम सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि सर्भेको काम सुरु गरेको हो ।

Advertisement

फोकलपर्सन दुर्गा गौतमका अनुसार बाँकेलाई दुई कलष्टरमा बाँडेर चार ठाउँमा सर्भेको काम हुनेछ । नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकालाई एउटा कलष्टर बनाइएको छ भने कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका र राप्तीसोनारी गाउँपालिकालाई अर्को कलष्टर बनाइएको छ।

यसअघि नेपालगन्ज उपमहानगरपालिका ४ र कोहलपुर नगरपालिका ६ मा सर्भे गर्ने गरिएकोमा यो पटक भने राप्तीसोनारी गाउँपालिका ४ र नरैनापुर गाउँपालिका ४ मा पनि सर्भे गरिने छ । एउटै वडामा एक सय ५० घरसङ्ख्याका आधारमा तीन सय जनाको रक्त नमुना सङ्कलन गरेर जाँच गरिने र बाँकेमा एक हजार दुई सय नमुना सङ्कलन गरेर जाँच गर्ने लक्ष्य छ । २० वर्ष उमेर माथिका नागरिकको रक्त नमुना सङ्कलन गरिनेछ ।

कोहलपुर नगरपालिका ६ रझेनामा तीन सय जना स्थानीयको रक्त नमुना सङ्कलन गरिएको छ । र्‍यापिट डाइगोनिष्टक टेस्टमार्फत माइक्रोफाइलेरिया फेला परे उनीहरूको फेरि राती दश बजेदेखि २ बजेसम्मको समयमा माइक्रो स्कोपबाट रक्त नमुना जाँच गरी हात्तीपाइले रोगको परिजिवी भए नभएको पुष्टि गरिने छ।

यदि २ वा दुई भन्दा कम माइक्रोफाइलेरिया पोजेटिभ देखिए पास भएको मानिन्छ र उक्त क्षेत्रमा औषधि सेवन कार्य रोकिने छ । तर तीनभन्दा बढी पोजेटिभ देखिए भने फेल हुने र पुनः दुई वर्ष औषधि सेवन गर्नुपर्ने हुन्छ । अघिल्लो पटक तीन सय जनामा रक्त नमुना परीक्षण गरिएकोमा रझेनामा ३५ जनामा पोजेटिभ देखिएको थियो ।

बाँकेमा विगत १३ वर्षदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान चलिरहेको छ । ६ वर्षमै औषधि अभियान पूरा हुनुपर्ने भएपनि सबैले औषधि नखाइदिएका कारण यो अभियान बाँकेमा निरन्तर चलिरहेको छ । विगत दुई वर्षदेखि यो अभियानमा तीन वटा औषधि खुवाउने गरिएको छ ।

कीटजन्य रोग अनुसन्धान शाखा प्रमुख डा।गोकर्ण दाहालका अनुसार इपिडिमियोलोजिकल मोनिटरिङ सर्भेले २० वर्षभन्दा माथिका मानिसहरूको शरीरमा रोग भए नभएको यकिन गर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु