बाँके, राप्ती सोनारी गाउँपालिका ४ धामपुरस्थित सडकमा भे.१ ख ४१३६ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय मंगरू थारूको बिहीबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









