नरैनापुरमा ३०२ जनामा हात्तीपाइलेको जीवाणु परीक्षण, रिर्पोेट सबै नेगेटिभ

 

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ खोदवा गाँउमा तीन सय दुई जनामा गरिएको र्‍यापिड डाइगोनिष्टक टेस्ट (आरडिटी) मा हात्तीपाइले रोगको जीवाणु (माइक्रोफाइलेरिया) फेला परेन ।

Advertisement

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा शनिबार खोदवामा आरडीटी जाँच गरिएको थियो । नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा यदि पोजेटिभ केस फेला परेको खण्डमा दुई वर्ष थप तीन वटै पालिकाका नागरिकले औषधी सेवन गर्नुपर्ने छ ।
हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तर रूपमा अभियान चलाइराख्नु परेको हो । स्वास्थ्य कार्यालयले अहिले पालिका स्तरमा स्वास्थ्यकर्मी परिचालन गरी हात्तीपाइले रोगको जीवाणु परीक्षण सुरु गरेको छ ।

यसैगरी बाँकेको कोहलपुर नगरपालिका वडा नं ६ रझेनामा तीन सय जनामा गरिएको आरडीटीमा ४८ जनामा हात्तीपाइले रोगको जीवाणु (माइक्रोफाइलेरिया) फेला परे पछि उनीहरूको पुनः माइक्रोस्कोपिक जाँच गरिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए । आरडीटी जाँचमा शरीरभित्र मरेका जीवाणु भए पनि पोजेटिभ देखिने भएकाले यकिन गर्न थप जाँचका लागि रगतको नमुना सङ्कलनको गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु