हर्षोल्लासका साथ विश्वकर्मा पूजा

काठमाडौँ- हरेक वर्ष असोज १ गते (आश्विन सङ्क्रान्ति) का दिन देशभरका हिन्दू धर्मावलम्बीहरूले हर्षोल्लासका साथ विश्वकर्मा पूजा मनाइरहेका छन्। यस अवसरमा सवारीसाधन, कलकारखाना, धातुजन्य उपकरण तथा फलामे औजारहरूको विशेष पूजाआजा गर्ने परम्परा छ।

विशेष गरी कालिगडहरू र विभिन्न उद्योग तथा कलकारखानामा कार्यरत मजदुरहरूले आजका दिन आफ्ना औजार तथा उपकरणहरू सफा गरी विधिपूर्वक पूजाअर्चना गर्ने गर्छन्।

Advertisement

धार्मिक तथा पौराणिक मान्यता:

दुर्घटनाबाट बचावट: समुद्र मन्थनबाट प्रकट हुनुभएका निर्माणका देवता भगवान् विश्वकर्माको स्मरण गर्दै औजार र सवारीसाधनको पूजा गर्नाले चोटपटक नलाग्ने र दुर्घटनाबाट जोगिइने जनविश्वास छ।

द्वापरयुगीन किंवदन्ती: द्वापरयुगमा विभिन्न राक्षसहरूको उपद्रवपछि भगवान् श्रीकृष्णको आग्रहमा विश्वकर्माले समुद्रको बीचमा द्वारका नगरी बनाएर सुरक्षा प्रदान गरेको धार्मिक उल्लेख छ। सोही समयदेखि विश्वकर्मा पूजाको परम्परा चलेको मानिन्छ।

आजका दिन काठमाडौँ उपत्यकाका भद्रकाली, मैतीदेवी तथा ललितपुरको महालक्ष्मी मन्दिर लगायतका प्रमुख शक्तिपीठहरूमा आफ्ना सवारीसाधन पूजा गर्न भक्तजन तथा चालकहरूको बाक्लो उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु