राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

 

काठमाडौं । निर्वाचन आयोगले यसअघि नै निर्धारण गरेको राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ।

Advertisement

आयोगले आजै उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका छ।

भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ। पुस २५ र पुस २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ। पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

नामावली उपर दाबी विरोधको सूचना दिन आयोगले भोलि बिहान १० देखि ४ बजेसम्मको समय तोकेको छ।

मनोनयनपत्र र उजुरी पत्रमा जाँचबुझ गरी उम्मेदवारीबारे आयोगले पुस २५ गते निर्णय गर्नेछ। त्यसपछि २६ गते पुनः नामावली सार्वजनिक गर्नेछ।

उम्मेदवारलाई आफ्नो नाम फिर्ता लिनका लागि पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। सोही दिन २ बजेसम्म आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ।

आयोगले २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ।

राष्ट्रिय सभाका लागि माघ ११ गते मतदान हुनेछ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु