बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका ८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित वडा न.५ हलनचोक बस्ने १९ वर्षीय बिशाल विकलाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









