काठमाडौँ — संसद्मा दर्ता विद्यालय शिक्षा विधेयक–२०८० मा विद्यालय व्यवस्थापन समितिमा सरकारले वडाध्यक्ष वा निजीले तोकेको वडा सदस्य अध्यक्ष रहने ब्यवस्था हटाएको छ ।
Advertisement
‘स्थानीय रूपमा बसोबास गरेको बुद्धिजिवी, शिक्षासेवी, शिक्षाप्रेमी तथा समाजसेवी मध्येबाट कम्तीमा दुई जना महिला समेत रहने गरी समावेशी सिद्धान्तको आधारमा विद्यालय व्यवस्थापन समिति रहने विधेयकमा भनिएको छ ।
साउन २१ गते मन्त्रिपरिषद्ले पारित विधेयकका प्रावधानमा विरोध भएपछि सरकारले विधेयक संशोधन गरेर भदौ २१ गते पुनः पारित गरेको थियो ।









