बर्दिया । लुम्बिनी प्रदेश सासद राजकुमार चौधरीले बन्यजन्तुको आक्रमण र आगलागीमा परी ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराएका छन् ।
पुस ७ गते बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरीयाका १२ बर्षीय सुमीत चौधरीलाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो ।
Advertisement

ज्यान गुमाएका बालकका बुबा राम शकर थारुलाई लुम्बिनी प्रदेशसरकारका तर्फबाट १ लाख रकम पीडितकै धरमा पुगेर प्रदेश सासद राजकुमार चौधरीले हस्तान्तरण गरेका छन् ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बारबर्दिया नगरपालिकाका मेयर छविलाल चौधरी, उपमेयर रत्ना पाण्डे र निम्ति वन डिभिजन कार्यालय बर्दियाका प्रमुख टंक गुरुङ लगायत उपस्थिती थियो ।
त्यस्तै गत मंसिर ८ गते गुलरीयाको मकैबारीमा आगलागी हुदाँ ज्यान गुमाएका परिवारलाई लुम्बिनी प्रदेशको गृह तथा आन्तरिक मन्त्रालयबाट ४ लाख तिस हजार रुपैया सहयोग हस्तान्तरण गरिएको छ । उक्त आगलागीमा परी ४ जनाको ज्यान गएको थियो ।









