एसिया कपमा हेर्न लायक ६ खेलाडीमा गुल्सन झा पनि

बुधबारदेखि सुरुमा हुने एसिया कप २०२३ नेपालको लागि बहुप्रतिक्षित बनेको छ ।

मुल्तान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमै नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानको खेलबाटै नेपालले एसिया कपमा डेब्यु गर्दैछ ।

Advertisement

एसिया कप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले प्रतियोगिता हेर्न लायक ६ खेलाडीको सूची तयार पारेको छ । जसमा एसिया कप खेल्ने ६ वटै देशको एक-एक खेलाडीलाई समावेश गरेको छ ।

बाबर आजम, जसप्रित बुमराह, रासिद खान जस्ता विश्व चर्चित खेलाडी समावेश सुचीमा नेपालबाट फास्ट बलिङ अलराउण्डर गुल्सन झाको नाम समावेश छ ।

गुल्सन ओडीआईको अलराउण्डर वरीयतामा १०५औं स्थानमा छन् ।

१७ वर्षीय गुल्सनले आईसीसी क्रिकेट विश्वकप क्वालिफायरमा ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यसैले आईसीसीले मुख्य प्रतियोगितामा गुल्सनलाई कमजोर आँक्न नहुने उल्लेख गरेको छ । गुल्सनको प्राकृतिक गेम भनेको अट्याकिङ खेल्नु हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु