दलबहादुर सुनार पौष २४ बर्दिया , पशु सेवा कार्यालय बढैयाताल गाउँपालिका बर्दियाको आयोजनामा एक दिने निःशुलक पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।
स्थानिय पशुपालक किसानको घर दैलोमा सेवा दिने उद्देश्यले बढैयाताल गाउँपालिका ८ नम्बर वडा कार्यालयको समन्वयमा र पशु प्रजनन कार्यालय गौघाट बाकेको प्राबिधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिबिरमा गाई , भैसी , बाख्रा कुकुर कुखुरा गरि ४ सय ५६ पशु पंक्षिको उपचार गरिएको थियो । बिभिन्न समस्या लिएर शिविरमा गएका पशुपालक कृषकलाई पशुमा देखिएको समस्या तथा निदानको बारेमा परामर्श गराईको जनाएको छ ।
घर दैलोमा सञ्चालन भएको औषधि सहितको निःशुल्क पशु स्वाथ्य शिबिरमा पशु पंक्षिको जाँच तथा उपचार गराउन पाउदा स्थानिय पशु पालका कृषक खुसि भएका छन् ।
शिविरमा गाई, भैसी, बाख्रा, कुकुर कुखुरा लगाएतका पशुपंक्षिको निःशुल्क स्वाथ्य परिक्षण , बाँझोपन नियन्त्रण , कृतिम गर्भाधारण र परामर्श लगाएतका सेवा प्रदान गरिएको पशु सेवा कार्यालय बढैयाताल प्रमुख अशोक कुमार उपाध्यायले जानकारी दिनु भयोे ।
शिबिरमा रोगि र बिरामी पशुको लागि जुका , नाम्ले , भिटामिन ,घाउखटिरा जुम्रा लगाएतका समस्याको उपचार तथा औषधि निःशुल्क वितरण गरिएको शिविरमा पशु प्रजनन कार्यालय गौघाट बाकेका डा.मिलन चौधरी सहित र अन्य पशु स्वास्थ्यकर्मी द्धारा सेवा प्रदान गरिएको पशु सेवा कार्यालय बढैयातालका प्रमुख उपाध्यायले जानकारी दिनु भयो ।
पशुपतिबजारमा निःशुल्क पशु स्वास्थ्य शिबिर : ४ सय ५६ पशुको उपचार
