
बर्दिया, बढैयाताल पौष २४
बर्दियाको बढैयाताल ३ सोरहवाको कमलाधाम महिला समुदायिक बनको बिवाद समाधान गर्न प्रक्रिया प्रस्ताव पारितका लागि सयुक्त बैठक सम्पन्न भएको छ । संयुक्त बैठकले ११ बुदे प्रक्रिया प्रस्ताव समेत पारित गरेको छ । बैठक माकुरा समुहको आयोजना, प्रकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रको सहयोग र बढैयाताल वडा नं. ३ को समन्वयमा संयुक्त बैठक सम्पन्न भएको कमलाधाम महिला समुदायिक बनका अध्यक्ष कौशल थारुले बताए ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका संसद भुवानेश्वर चौधरीले स्थानीय प्रकृति स्रोत साधन संरक्षण गर्ने माध्यम नै समुदायिक बन भएको बताए । स्थानीयहरु समुदायिक बनबाट काठ दाउराका साथै धेरै फाइदा लिन सकिने भएकाले समुदायिक बन संरक्षण गर्न आवश्यक रहेको उनले बताए । यस्तै कार्यक्रममा बढैयाताल ३ का वडा अध्यक्ष लल्लन यादवले समुदायिक बन बिवाद समाधानका लागि प्रस्तुत गरिएको ११ बुदे प्रस्ताव सबैको चित्त बुभ्mदो भएकाले सबैले स्विकार गर्नु पर्ने बताए । समुदायिक बनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले जनाए । यस्तै वडा नं. ३ का वडा सदस्य चन्द्रकला बिकले मान खोलाको कटानबारे प्रदेश संसदको ध्यानकर्षण गराउदै, समुदायिक बनलाई आवश्यक पर्ने सहयोग गर्न आफु तयार रहेको बताएकी थिएन ।
Advertisement

कमलाधाम महिला समुदायिक बन बिगत ५ बर्ष देखि स्थानियहरुको बिवादका कारण दर्ता हुन सकेको थिएन् । अहिले उक्त बिवाद समाधानका लागि प्रकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रले माकुरा समुह गठन गरी द्धन्द समाधान प्रक्रिया अगाडी बढाएको छ । माकुरा समुहले बिभिन्न चरणमा द्धन्द समाधान गर्नका लागि काम गरिरहेको छ । सोरहवा गाउँको ४ टोलमा बिभिन्न चरणमा छलफल गरी ११ बुदे प्रक्रिया प्रस्ताव तयार पारेको समुहका संयोजक सरला चौधरीले बताइन् । उक्त प्रस्ताव संयुक्त बैठक मार्पmत सरोकारवाला व्यक्ति र उपभोक्ता समाक्ष प्रस्तुत गरिएको थियो । संयुक्त बैठकमा किसान र समुदायिक बनका पदाधिकारीहरु २÷२ जना बेन्चमा बसेर प्रस्तावमाथि छलफल गरी सहमति जनाई परित गरिएको उनले बताईन् ।
कार्यक्रममा प्रकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रका जिल्ला संयोजक मजिउल्ला खाँले द्धन्द समाधान गर्ने प्रक्रियाबारे जानकारी गराएका थिए । द्धन्द समाधान प्रक्रियाबारे आवश्यक सहजीकरण केन्द्रका सहजकर्ता सबिना चौधरीले गरेकी थिइन् । कार्यक्रममा बढैयाताल ३ का वडा सदस्य दुसानी थारु, गाउँका बरघर, अगुवा उपभोक्ता लगायत्को उल्लेख्य सहभागिता थियो । कार्यक्रम संञ्चालन माकुरा समुहका संयोजक सरला चौधरीले गरेकी थिइन् ।









