कृष्णभिर खण्डमा नयाँ ट्रयाक निर्माण भएसँगै दुईतर्फी सवारी आवागमन सहज

काठमाडौँ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्रयाक निर्माण गरी दुईतर्फी सवारी सञ्चालनमा आएपछि आवागमन सहज बनेको छ। बाढी तथा पहिरोका कारण करिब १८ दिनसम्म पूर्ण रूपमा प्रभावित भएको सो खण्डमा परीक्षणपछि आज बिहानैदेखि दुईतर्फी रूपमा गाडी चल्न थालेका हुन्।

सडक खुलेपछि काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मालवाहक तथा यात्रुवाहक सवारीसाधनको सङ्ख्या उल्लेख्य बढेको छ। हालसम्म कृष्णभिर आसपासको क्षेत्रमा कुनै जाम वा अवरोध नरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिनुभएको छ।

Advertisement

यसैबिच, सडक सञ्चालनमा आए पनि वर्षायामका कारण पहिरोको जोखिम भने कायमै रहेको छ। सम्भावित अवरोधलाई तत्काल हटाउन प्राविधिक टोली, सुरक्षा निकाय र मेसिनहरूलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको प्रशासनले जनाएको छ।

उता, पृथ्वी राजमार्गकै धादिङस्थित शीतलबजार क्षेत्रमा भने नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी सडक विस्तारको काम गरिरहेकाले सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सो क्षेत्रमा यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु