नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकाले कागजपत्रबिना अवैध रुपमा सनचालन गरेको भन्दै एक्स्काभेटर लगाएर इरिक्सालाई नष्ट गरेपछि सर्बत्र आलोचना भइरहेको छ ।
सामाजिक सन्जाल प्रयोगकर्ताहरुले मेयर प्रशान्त विष्टको राजीनामा माग र क्षतिपुर्तिको माग गरिरहेका छन् । उनीहरुले मेयर विष्टले कुन कानुनको प्रयोग गरेर ईरिक्सा नष्ट गरेको भन्द्र प्रश्न तेर्साएका छन् । कतिपयले उपमहानगरपालिकाले गरिबमाराको कार्य गरेको भन्दै आक्रोस पोखेका छन् ।
Advertisement
यता उपमहानगरपालिकाले भने रिक्सा खरिद गरेको कागजपत्र नभएका र नगरपालिका लगायत स्थानीय तहमा दर्ता समेत नगरी सञ्चालनमा हुँदै आएका इरिक्साहरु नियन्त्रणमा लिइ त्यसमा लाग्ने ब्याट्री फिर्ता गरेर प्रहरी प्रशासनको रोबहरमा नगरपालिकाले ५ वटा इरिक्सा नष्ट गरेको दाबी गरेको छ।
राष्ट्यि मानव अधिकार आयोगका पुर्ब सदस्य अधिकारकर्मी मोना अन्सारीले गरिबी होईन गरिबलाई मार्नु पर्छ अनि मात्रै सम्बृद्धि र सुखी र खुसी नेपाल र नेपाली हुन्छन भन्दै टिप्पणी गरेका छन्।
राप्रपाका नेता ऋषि देबकोटा लेख्छन्, यो कार्य कस्को निर्दैशन र उक्साहठमा भयो जे भयो कत्तीपनि मानबिय भएन। सामान्य गरिब परिवारले आफ्नो रोजीरोटी र बचेको थोरै रकमले आफ्ना बालबच्चाहरुको हेरचाह र पढाई लेखाई गर्नै आफ्नो एकमात्र बिकल्पको सपना देखेर आफ्नो जिवनभरको तागत र ॠण ,सापट लिएर खरिद गरेर जिवन चलाईरहेका यि रिक्सालाई यसरी डोजर चलाउदा उनिहरुको मन कति बिक्षिप्त भएको होला प्रशान्त सोच त ?
उपमहानगरपालिकाले भने नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीले चेक गर्ने क्रममा कागजपत्र र दर्ता समेत नभएका सयौं इरिक्सा फेला परेको जनाएको छ । त्यस्ता इरिक्सालाई नियन्त्रणमा लिएर कागजपत्र लिएर आउन पटक पटक आग्रह गर्दा पनि महिनौंसम्म कागजपत्र पेश नभएका इरिक्सालाई फेरि चल्न नसक्ने गरी स्क्रयाच गरिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए ।
नगरमा अवैध रुपमा चल्दै आएका इरिक्सालाई नियन्त्रण गर्नका लागि पहिलो दिन ५ वटा इरिक्सा स्क्रयाच गरिएको र आगामी दिनका इरिक्सालाई व्यस्थापनलाई थप प्रभावकारी बनाउनका लागि नगरपालिकाले कडाईका गर्दै जाने नीति लिएको बोगटीले बताए ।
पछिल्ला केहि समयदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा इरिक्सालाई व्यवस्थापन गर्न नगर प्रहरीले ट्राफिक प्रहरीसँग सहकार्य गरेर काम गर्दै आएको छ ।
हालसम्म नगर प्रहरीले ६३१ वटा इरिक्सालाई नियन्त्रणमा लिएको थियो । ती मध्ये इरिक्सा खरिद गरेको कागजपत्र पेश गरेका ५ सय ५५ वटा रिक्सालाई नगरपालिका लगायत स्थानीय तहमा दर्ता गरेर सञ्चालन गर्ने तर्तमा छाडेको थियो । अझै पनि प्रहरीको नियन्त्रणमा ७१ वटा इरिक्सा छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाँके जिल्लामा करिब १० हजार इरिक्सा सञ्चालनमा छन । तर नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा करिब ३ हजार मात्र दर्ता छन ।
अन्य छिमेकी स्थानीय तहहरुका केहि रिक्सा दर्ता भएको भए पनि अझै पनि ठुलो संख्यामा रिक्साहरु दर्ता नभई सञ्चालन हुदै आएका छन । पछिल्ला दिनहरुमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै ६÷७ हजार इ रिक्सा चल्ने गरेको अनुमान छ ।
इ रिक्साका कारण ट्राफिक व्यवस्थापन भद्रगोल बन्दै गएपछि यातायात कार्यालयसँग सहकार्य गरेर चालकहरुलाई लाइसेन्स बनाउन लगाउनेदेखि ट्राफिक नियमहरुका बारेमा जानकारी दिने लगायतका कामहरु भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयबाकेका प्रमुख प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले बताए









