सिके रावतको प्रश्न: हजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद हुने ?

 

धनगढि । जनमत पार्टीका अध्यक्ष सिके राउतले हजारौं हजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद हुन्छ? त्यो कस्तो अधिकार हो?’ भन्ने प्रश्न गरेका छ्न ।

Advertisement

अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको उनले आरोप लगाएका छन्।

बिहीबार नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले उक्त प्रश्न गरेका हुन ।

नेपालभित्र बोलिने सबै पहिचान र भाषालाई सम्मान गर्नु पर्नेमा उनले बताए।

‘पुस १६ गते हामीले धोती लगाउँदा खोल्ने अरू कोही थिएनन् प्रहरी थिए। सरकारले आफ्नै मन्त्रीलाई समात्ने, गठबन्धनको सरकारले गठबन्धनको दलको नेतालाई समात्ने यस्तो पनि हुन्छ?,’ उनले भने।

देशमा सुशासन गुम्दै गएको उनले बताए।

‘सुन काण्डदेखि बालुवाटार, एनसेल सबै काण्ड आएका छन् तर कहाँ छ सुशासन?,’ उनले भने, ‘चार जना नेता बसेपछि जतिसुकै ठूला भ्रष्टाचार पनि सामसुम हुन्छ।’

उनले आफूहरू राजनीतिक अधिकारको लागि लडिरहेको बताए।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु