सिंहदरबारमा जेन्जी सांसदहरूसँग प्रधानमन्त्री बालेनको छलफल: डिजिटल सुशासन र युवा स्वरोजगारमा जोड

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जेन्जी (Gen Z) उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सुरु गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त बैठकमा युवापुस्ता र प्रविधिसँग जोडिएका विभिन्न विषयमा छलफल भइरहेको छ।

प्रधानमन्त्री सचिवालयका अनुसार अन्तरक्रिया मुख्यगरी पाँच विषयमा केन्द्रित छ:

Advertisement
  • डिजिटल सुशासन र नवीनतम प्रविधि: सरकारी सेवालाई आधुनिक र पारदर्शी बनाउन प्रविधि प्रयोगको विस्तार।

  • युवा स्वरोजगार र स्टार्टअप नीति: युवाहरूलाई देशभित्रै उद्यमी बनाउन सहज वातावरण र नीतिगत सुधार।

  • प्राविधिक शिक्षा: व्यावहारिक र समयसापेक्ष गुणस्तरीय शिक्षाको पहुँच।

  • सर्वसुलभ स्वास्थ्य सेवा: सबै नागरिकका लागि आधारभूत र गुणस्तरीय स्वास्थ्य सुविधाको ग्यारेन्टी।

  • दिगो विकास र वातावरण: वातावरणीय सन्तुलन कायम राख्दै पूर्वाधार विकासका कार्यहरू अघि बढाउने रणनीति।

युवा जनप्रनिधिहरूका नवीन विचार र एजेन्डालाई राष्ट्रिय नीतिमा समावेश गर्ने उद्देश्यले प्रधानमन्त्री शाहले यो संवाद अघि बढाउनुभएको हो।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु