बढैयाताल प्रथम प्रादेशिक महोत्सब भब्य रुपमा उद्धघाटन

दलबहादुर सुनार २६ पोष बर्दिया, बढैयातालको प्रथम प्रादेशिक ब्यापार तथा माघि महोत्सबको आज भब्य रुपमा उद्धघाटन भएको छ ।
कृषि पर्यटन उद्योग ,ब्यापारको प्रबद्र्धन र रोजगारी ः प्रादेशिक महोत्सब २०८० बढैयाताल बर्दियाको चिनारी भन्ने भुलनाराका साथ बढैयातालको मैनापोखरमा कृषि सांस्कृतिक पर्यटन औधोगिक ब्यापार तथा माघि महोत्सबको भब्य रुपमा उद्धघाटन भएको हो ।
उद्धघाटन समारोहका प्रमुख अतिथि बर्दिया क्षेत्र न १ का संघिय सांसद सञ्जय गौतमले समारोहको उद्धटान गर्दै बढैयातालको मौलिकता र परम्परागत संरचना लाई संरक्षण गर्नु पर्ने जोड दिनु भयो । हजार बिगाह भन्दा धेरै जग्गा रहेको कपास बिकासको जग्गामा एग्रो पोलिटेक्निक बनाउन सकेमा रोजगारको सृजना गर्न सकिने गौतमले बताउनु भयो । सुन्दर बर्दियाको कल्पना गरेको र बर्दियाको समृद्धि र बिकासको लागि सांसदमा आवाज उठाउदै आएको भन्दै भ्रष्टाचारमुक्त शुसाशन युक्त बनाउन सकेमा मात्र देशमा समृद्धि ल्याउन सकिने सांसद गौतमले बताउनु भयो ।
उद्योग बाणिज्य संघ बढैयातालको आयोजनामा आज बिहिवार देखि माघ ७ गते सम्म सञ्चालन हुने महोत्सबको उद्धेश्य माथि प्रकास पार्दै महोत्सब मुल समारोह समितिका संयोजक तथा उद्योग बाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछानेले समृद्धि र बिकासको लागि बढैयातालको पहिचान गराउने उद्देश्यले महोत्सबको आयोजना गरेको बताउनु भयो । समग्र बर्दियाको बिकास बढैयाताल बाट शुरु हुने भन्दै कृषि, पर्यटन र उत्पादित बस्तुको बजारीकरण गर्न सकेमा बढैयातालका जनतालाई पाल्न सकिने संयोजक लामिछानेले जिकिर गर्नु भयो । बैंकको चर्को ब्याज र खुल्ला सिमानाको कारणले यहाँका उद्योगि ब्यापारी धरापमा परेको भन्दै खुल्ला सिमाना नियन्त्रण गर्न र बढैयाताल लाई पर्यटनको रुपमा पहिचान गराउन स्थानिय सरकार , प्रदेश सरकार र प्रदेश तथा संघिय सांसद र सबै सरोकार वालाहरुले भुमिका खेल्नु पर्नेमा लामिछानेले जोड दिनु भयो ।
महोत्सबको उद्धघाटन समारोहलाई भब्य र सभ्य बनाउन स्थानिय लोक सांस्कृतिक झल्कने भेष भुषामा झाकी र्याली र मार्च पास सहित महोत्सब स्थलमा प्रर्दशन गरिएको थियो ।
उद्धघाटन समारोहमा बर्दियाका प्रदेश सभा सदस्य जन्मजयन तिमिल्सिना, भुवनेश्वर चौधरी , लक्ष्मि तिवारी , उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा , बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मि कुमारी अधिकारी लगाएतले महोत्सबको शुभकामना भनाई राख्दै महोत्सबले बढौतालको पहिचान सहित पर्यटन, समृद्धि र बिकासमा सहयोग पुग्ने धारणा राखेका आयोजकले जनाएको छ ।
मुख्य प्रायोजक शर्मा एण्ड कम्पनी , सह प्रायोजक भुषाल ईन्टरनेशनल , प्रायोजकमा ग्लोबल आइ.एम ई बैंक , बर्दिया एकेडमी , स्थानिय सहकारी सञ्जाल , साना किसान सहकारी मैनापोर र कालिका , सामुदायिक बन सञ्जाल लगाएतका संघ संस्थाको सहयोग रहेको जनाइएको छ ।
माघ ७ गते सम्म सञ्चालन हुने महोत्सबमा राष्ट्रिय तथा स्थानिय चर्चित ख्याती प्राप्त कलाकारको बेजोड प्रस्तुति रहने र बिभिन्न मनोरञ्नात्मक खेलका साधन , थारु गाउँ , स्थानिय उत्पादनका सामाग्री लगाएतका स्टल रहेका संयोजक लामिछानेले जानकारी दिनु भयो ।
उद्योग बाणिज्य संघ बढैयातालका माहासचिब दिपक खनाल , गायिका राषि रिजालले सञ्चालन गर्नु भएको कार्यक्रममा संघका उपाध्यक्ष लक्ष्मण रेग्मीले स्वागत गर्नु भएको उद्धघाटन समारोहमा बढैयातालका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदी , राजनितिक पार्टीका अध्यक्ष , वडा अध्यक्षहरु ,सुरक्षा निकायका प्रमुख ,स्थानिय जन प्रतिनिधी , उद्योगी , ब्यापारी , संघ सस्थाका प्रतिनिधि , सहकारी संस्थाका अध्यक्ष , सामुदायिक बन सञ्जालका अध्यक्ष,  स्थानिय बिद्यालयका शिक्षक बिद्यार्थी, छिमेकी पालिकाका उद्योग बाणिज्य संघका अध्यक्ष लगाएत उद्योगी ब्यापारी लगाएतको उपस्तिथि रहेको जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु