काठमाडौँ — सरकारले वैदेशिक नीति, सुरक्षा, प्रविधि, आप्रवासन, शिक्षा तथा विकास साझेदारी जस्ता विभिन्न क्षेत्रका विज्ञहरूलाई १३ देशका लागि राजदूतमा सिफारिस गरेको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले भारत, चीन, अमेरिका र बेलायतसहितका प्रमुख कुटनीतिक नियोगहरूका लागि प्राज्ञिक तथा सुरक्षा क्षेत्रका अनुभवी व्यक्तित्वहरूलाई चयन गरेको हो।
प्रस्तावित राजदूतहरू र उनीहरूको पृष्ठभूमि:
-
निश्चलनाथ पाण्डे (भारत): वैदेशिक नीतिका अग्रणी प्राज्ञिक व्यक्तित्व पाण्डे हाल ‘सेन्टर फर साउथ एसियन स्टडिज’का निर्देशक हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि (PhD) र कानुनमा स्नातक गरेका छन्। परराष्ट्र मामला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक (१९९८–२००६) पाण्डेसँग राष्ट्रिय योजना आयोगको सल्लाहकार र परराष्ट्र नीति कार्यदलको सदस्यका रूपमा काम गरिसकेको अनुभव छ।
Advertisement
-
कल्याणराज शर्मा (चीन): चीन मामिलाका विज्ञ।
-
चिरनजंग थापा (अमेरिका): सुरक्षा नीति विज्ञ।
-
गौरव शमशेर जबरा (बेलायत): पूर्वप्रधानसेनापति। (यसअघि उनलाई भारतका लागि पनि चर्चामा राखिएको थियो।)
-
सरू जोशी (जर्मनी): आप्रवासन मामिलाकी विज्ञ।
-
मञ्चला झा (श्रीलंका): त्रिभुवन विश्वविद्यालय, हिन्दी केन्द्रीय विभागकी उपप्राध्यापक।
-
जिग्यानकुमार थापा (जापान): नेपाल-जापान सम्बन्ध तथा मामिलाका जानकार।
-
सुरेशकुमार कर्ण (इजरायल): सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीति क्षेत्रमा अनुभवी।
-
प्राप्ति शेरचन (स्पेन): अन्तर्राष्ट्रिय विकास तथा साझेदारी क्षेत्रमा सक्रिय।
-
पद्माक्षी राणा (ओमान): नेपाल, एसिया र युरोपमा दिगो विकास, समावेशी नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको १५ वर्षभन्दा बढी अनुभव भएकी विज्ञ।
-
चुडामणि खरेल (मलेसिया): शिक्षा तथा सार्वजनिक प्रशासन क्षेत्रका विज्ञ।
-
गिरीबहादुर सुनार (साउदी अरेबिया): समाजशास्त्री।
-
प्रा. सङ्गम श्रेष्ठ (दक्षिण कोरिया): प्राध्यापन तथा प्राज्ञिक क्षेत्रका व्यक्ति।
सरकारले परराष्ट्र नीतिलाई थप प्रभावकारी बनाउन विशेषज्ञता, समावेशीकरण र कुटनीतिक अनुभवलाई ध्यानमा राखेर सिफारिस प्रक्रिया अघि बढाएको जनाएको छ।








