Advertisement
बर्दिया। बर्दियाको मधुवन नगरपालिका ४ मा आगो ताप्ने क्रममा आइतबार विहान ३ बजे मधुवन ४ बसन्ता भुल्लनचोकमा स्थानीय ८७ वर्षकी चिन्की थरुनीको आफ्नै बरण्डामा जलेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार लुगामा आगो सल्किएपछि महिलाको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यसअघि बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर ७५ कि सोहनी थारुको मृत्यु भएको थियो।









