बढैयातालमा माघी मिलन कार्यक्रमको आयोजना

बर्दिया, २०८० पौष २९ आइतबार
बर्दियाको बढैयातालमा माघी मिलन कार्यक्रमको आयोजना गरिएको छ । थारु समुदायको ठुलो पर्व माघको अबसरमा माघ १ गते पहिलो दिन माघी मिलन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक राकेश चौधरीले बताए । माघी मिलन कार्यक्रम समिति बढैयाताल ५ को आयोजना तथा बढैयाताल गाउँपालिका वडा नं. ५ को संरक्षणमा कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमको अबसरमा शुभकामना अदान प्रदानसंगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको संस्कृतिक प्रस्तुति रहने स्थानीय बढैया गाउँका समाजसेबी पत्रकार जागेश्वर थारुले बताए ।

Advertisement

कार्यक्रम हेर्न आउने स्थानीय तथा बाह्य दर्शकहरुले बढैयातालमा बोटिङ्ग, चुराचुरुङ्गी, माछा तथा माछा पोखरीको अवलोकन गर्नुको साथै तालको रमानिया बताबरणमा रमाउन सकिने आयोजकले जनाएको छ । साथै माछा र ढिक्री लगायत्को थारु समुदायको लोकल परिकारको पनि स्वाद लिन सकिने छ ।

माघी मिलन कार्यक्रमले पर्यटकीय क्षेत्र बढैयातालमा पर्यटन गतिबिधि बढाउन समेत टेवा पुग्ने बताइएको छ । दिनभरी हुने कार्यक्रममा स्थानीय बरघर, अगुवा, बुद्धिजिबी समाजसेवीहरुले शुभकामना अदानप्रदान गरी मनाइने छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु