सत्ता गठबन्धनको बैठकमा जनमतलाई बोलाइएन

 

 

Advertisement

काठमाडौं/अनलाईन खबर। आइतबार सत्ता गठबन्धनका शीर्ष नेताले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत माग्दा सरकारमै सहभागी जनमत पार्टी भने बैठकमा । सहभागी भएन ।

बालुवाटारमा बसेको बैठकले सातै प्रदेशमा गठबन्धनका उम्मेदवारको नामावली सार्वजनिक गर्दै उनीहरुका लागि मत मागेको हो । राष्ट्रियसभा निर्वाचनमा जनमत पार्टीले भने सत्ता गठबन्धनसँग सहकार्य गरेको छैन । उनले मधेश र लुम्बिनीमा १/१ जना उम्मेदवार उम्मेदवार उठाएको छ ।

 

जनमत पार्टीका प्रवक्ता शदर सिंहका अनुसार आइतबार गठबन्धनको बैठकमा उनको पार्टीलाई बोलाइएको थिएन । ‘किन बोलाइएन, उहाँहरुलाई नै थाहा होला’, उनले सत्ता गठबन्धनमा रहेका अन्य दलतर्फ संकेत गर्दै भने, ‘जानकारी नभएपछि जाने कुरा पनि भएन ।’

जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट आफ्नो दलले पनि १ सिट पाउनुपर्ने माग गरेको थियो । तर ११ माघमा चुनाव हुने १९ सिटमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट लिने गरी भागवण्डा भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु