माघि पर्व थारु समुदायको पहिचान हो । माननिय चौधरी


दलबहादुर सुनार
१ माघ , बढैयाताल , लुम्बिनि प्रदेशका सभासद भुवनेश्वर चौधरीले माघि पर्व थारु समुदायको पहिचान भएको बताएका छन् ।
बढैयाताल गाउँ पालिका वडा नम्बर ५ ले आयोजना गरेको माघि मिलन २०८०को कार्यक्रममा सभासद चौधरीले सो कुरा बताएका हुन् ।
थारु सम्वत २६४७ को अवसरमा भाषा कला संस्कृति हमार हो पहिचान , भेषभुषा रितिरिवाज के करि सम्मान भन्ने मुलनाराका साथ भएको माघि मिलन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभासद चौधरीले थारु समुदायको कला, सिप र परम्परागत संस्कृतिको संरक्षण गर्नु पर्नेमा जोड दिदै भने तिन तहको सरकारले यस क्षेत्रको बिकास समृद्धिको लागि योजना ल्याउनु पर्छ ।
बढैयाताल गाउँ पालिका वडा नम्बर ५ स्थिति बढैयागाउँमा भएको उक्त माघि मिलन कार्यक्रमका अतिथि तथा बढैयाताल गाउँ पालिका वडा नम्बर ५ का अध्यक्ष तुलाराम थारुले थारु समुदायको कला संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामा थारु संस्कार हस्तान्तरण गर्ने उद्देश्यले माघि मिलनको आयोजना गरेको बताए ।
उनले भने माघ १ गते थारु समुदायको लागि नयाँ वर्ष हो । थाारु संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नको लागि वडाको आर्थिक सहयोगमा गरिएको माघि मिलन कार्यक्रममा स्थानिय बड्घर र गुरुवा लाई समेत सम्मान गरिएको वडाध्यक्ष थारुले जानकारी दिए ।
माघि मिलन कार्यक्रमका संयोजक राकेश थारुको अध्यक्षतामा भएको कार्यक्रममा थारु समुदायका पुराना संस्कृति र सस्कार झल्कने भेष भुषामा सजिएर गीत संगित प्रस्तुत गरिएको स्थानिय इन्द्र बहादुर थारुले जानकारी दिए

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु