बर्दिया, संखुवासभा, चितवन र सर्लाहीमा भारी वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा संखुवासभा, बर्दिया, चितवन र सर्लाहीका केही स्थानहरूमा भारी वर्षा मापन भएको छ।

जिल्लाअनुसार वर्षाको विवरण:

Advertisement

संखुवासभा: ९४.५ मिलिमिटर

बर्दिया: ७५.२ मिलिमिटर

चितवन: ५४.८ मिलिमिटर

सर्लाही: ५३.८ मिलिमिटर

वर्षाको मापन वर्गीकरण:

मध्यम वर्षा: १० देखि ५० मिलिमिटर

भारी वर्षा: ५० देखि १०० मिलिमिटर

धेरै भारी वर्षा: १०० देखि २०० मिलिमिटर

अति भारी वर्षा: २०० मिलिमिटरभन्दा बढी

मौसम पूर्वानुमान:
महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु