उदयपुरमा श्रीमान्‌को प्रहारबाट श्रीमतीको मृत्यु, हत्या आरोपी प्रहरी नियन्त्रणमा

काठमाडौँ । उदयपुरको चौदण्डीगढीमा श्रीमान्‌ले धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँका ५८ वर्षीय गन्दुराम राईले ४५ वर्षीया श्रीमती बिमला राईको हत्या गरेका हुन्।

प्रहरीका अनुसार मदिरा सेवन गरेका गन्दुरामले घरायसी विवादका क्रममा बिमलामाथि धारिलो हतियार प्रहार गरेका थिए। घटनालगत्तै गएराति करिब १२:३० बजे उनी आफैँ अस्थायी प्रहरी पोस्ट माडीबास पुगेर घटनाबारे जानकारी गराएका थिए।

Advertisement

सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले गम्भीर घाइते बिमलाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार पुर्‍याएको थियो। उनको उपचारका क्रममा आज बिहान १:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। हतियार प्रहार गर्ने गन्दुरामलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु