नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको हिउँदे गाउँसभाका लागि अध्यक्ष नरेन्द्रकुमार चौधरीले मनोमानी गरेको भन्दै नेकपा (एमाले) लगायतका पार्टीबाट निर्वाचित पदाधिकारीहरुले बहिस्कार गरेका छन् । यसअघिको अधिबेशन पनि बहिष्कार हुँदा बजेट निमार्णमा ढिलााई भएको थियो ।
बाँकेको डुडुवा गाउँपालिकाका बहुमत सदस्यले हिउँदे गाउँसभा बहिस्कार गरेपछि रोकिएको छ । जसपा र नेपाली काँगे्रसबाट निर्वाचित १८ जना जनप्रतिनिधि सदस्यले सभा बहिस्कार गरेपछि गाउँसभा स्थगित भएको हो ।
Advertisement
निर्वाचित भएको झण्डै दुई बर्ष पुग्नैलाग्दा पनि अध्यक्षले योजना बाँडफाँडमा बिभेद गर्दैआएकाले आफूहरु गाउँसभा वहिस्कार गर्न बाध्य भएको बहिस्कार गर्नु परेको जनप्रतिनिधिहरुले जनाएका छन्।
कुनै पनि बजेटको आयब्यय पारदर्शी नरहेको, खाजा, इन्धन, बिद्यालयको दिवाखाजा, कर्मचारी भर्नालगायतका बिषयमा भ्रष्टाचार गर्दैआएकाले आगामी दिनमा सुधार नहुँदासम्म पालिकामा हुने कुनै पनि बैठक, सभामा सहभागी नहुने बहिस्कार गरेका जनप्रतिनिधिले बताएका छन् ।









