बर्दिया मधुवनमा हात्तीको आक्रमणबाट दुई महिला घाइते

 

बर्दिया — घाँस दाउरा लिन बर्दियाको मधुवन नगरपालिका–१ दुर्गानगर स्थित दुर्गा सामूदायिक वन गएका सोही ठाउँकी ५२ वर्षिया सीता थारु र ३१ वर्षिया शुशिला चौधरी घाइते भएका छ्न ।

Advertisement

 

शुक्रबार दिउँसो करिब ३ बजे हात्तीको आक्रमणमा घाइते भएकी थारु र चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको प्रहरीले जनाएको छ ।

उनीहरुसँग दिउँसो घाँस दाउरा लिन गएका अन्य महिलाले भने भागेर ज्यान जोगाएको प्रहरीको भनाइ छ । उक्त घटना जैविक मार्गस्थित सामूदायिक वनमा भएको हो ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु