नेपालगन्ज । बाँके प्रहरीले चोरि आरोपमा तिन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार माघ ३ गते नेपालगन्ज–९ स्थित घरमा चार्जमा जोडेर पार्किङ गरी राखेको इ–रिक्सा चोरी गर्ने नेपालगन्ज–१५ का गुड्डु जसगढलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै माघ ४ गते नेपालगन्ज–१० भृकुटिनगरबाट पार्किङ गर राखेको ने १ ह १०३६ नम्बरको इ–रिक्सा चोरी गरेर भाग्दै गरेका अवस्थामा प्रहरीले नेपालगन्जका राजु जसगढलाई पक्राउ गरेको छ ।
Advertisement
यसैगरी, माघ ४ गते नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा आएका बिरामी तथा कुरुवाहरूको मोबाइल चोरी गरी भाग्ने क्रममा जिल्ला नेपालगन्ज–२२ का हकिकत अलि किङ्गरियालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।









