राष्ट्रिय वाणिज्य बैंक लि को ५९ औ वार्षिकोत्सवको अवसरमा नेपालगन्जमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ बाँके र बर्दियामा रहेका ७ वटा शाखाका करिब ७५ जना भन्दा बढी कार्मचरीहरु कार्यक्रममा सहभागी रहेको थियो ।
बित्तिय साक्षरताका नाराहरु सहितको प्ले कार्ड बोकेर कार्यक्रम गरिएको थियो । राष्ट्रिय वाणिज्य बैंक लि को नेपाल भरी २८६ शाखा, १०० भन्दा बढी एक्सटेन्सन काउन्टर, २५० भन्दा बढी एटीएम बाट आधुनिक बित्तिय सेवा प्रवाह गर्दै आइ रहेको छ । राष्ट्रिय वाणिज्य बैंक लि को स्थापना २०२२ माघ १० गते स्थापना भएको थियो ।
Advertisement
वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल भरी नै विभिन्न कार्यक्रम गरिरहेको छ ।
२०८० माघ ६ गते देशभरिनै बृहत प्रभातफेरी गरिएको राष्ट्रिय वाणिज्य बैंक लि नेपालगन्ज शाखाका कर्मचारी सुजन ददेलले जानकारी दिनुभयो ।










